मूल ऐनको दफा २० को सट्टा देहायको दफा २० राखिएको छः–“२०.नियमावलीः–
(१) कम्पनीको स्वरुप र उद्देश्य स्पष्ट गर्न तथा कम्पनीको काम कारबाही सुव्यवस्थित रुपले सञ्चालन गर्न कम्पनीले आफ्नो नियमावली बनाउनु पर्नेछ ।
(२) कम्पनीको नियमावलीमा देहायका कुराहरु उल्लेख हुनु पर्नेछः–(क)कम्पनीको नाम,
(ख)कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना,
(ग)कम्पनीको उद्देश्य
घ)कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कामहरु,
(ङ)कम्पनीको अधिकृत पुँजीको अङ्क, कम्पनीले तत्काल जारी गर्ने शेयर पुँजीको अङ्कर कम्पनीको संस्थापकलेतत्कालचुक्ता गर्न कबुल गरेको अङ्क,
(च)कम्पनीको शेयरको किसिम, त्यस्ता शेयरमा निहित हक, अधिकार, प्रत्येक शेयरको मूल्य र विभिन्न प्रकारको शेयर सङ्ख्या,
(छ)शेयर खरिद वा हस्तान्तरण गर्न कुनै बन्देज रहेको भए सो कुरा,
(ज)संस्थापकहरुले तत्काल लिन कबुल गरेको शेयर सङ्ख्या,
(झ)शेयरको रकम भुक्तानीका शर्तहरु,
(ञ)प्राइभेट कम्पनीको हकमा शेयरधनीहरुको अधिकतम सङ्ख्या,
(ट)कम्पनीको साधारण सभा बोलाउने तरिका, सभाको लागि दिनु पर्ने सूचना सम्बन्धी कुराहरु,
(ठ)प्राइभेट कम्पनी भए साधारण सभा बोलाउनेवा नबोलाउने सो कुरा,
(ड)साधारण सभाको कार्यविधि,
(ढ)सञ्चालकको सङ्ख्या, बैकल्पिक सञ्चालकको व्यवस्था भए सो कुरा र सञ्चालकको कार्यकाल,
(ण)साधारण सभा तथा सञ्चालक समितिको निर्णयको अभिलेख र त्यसको प्रतिलिपि तथा निरीक्षण सम्बन्धी व्यवस्था,
(त)पब्लिक कम्पनी भए स्वतन्त्र सञ्चालकको योग्यता र सङ्ख्या,
(थ)शेयरधनीबाहेकको अन्य कुनै व्यावसायिक व्यक्तिलाई शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त गर्ने भए निजहरुको सङ्ख्या, कार्यकाल, योग्यता तथा नियुक्ति प्रक्रिया सम्बन्धी व्यवस्थ
द)सञ्चालक समिति र प्रबन्ध सञ्चालकको अधिकार र कर्तव्यहरु,
(ध)सञ्चालक समितिको बैठकको गणपूरक सङ्ख्या, बैठकको सूचना तथा बैठकको कार्यविधि,
(न)विभिन्न वर्गका शेयरहरु र त्यस्ता शेयरमा निहितहक, अधिकार तथा बन्देजहरु,
(प)शेयर बापतको रकमको भुक्तानीको माग तथा शेयर जफत सम्बन्धी व्यवस्था,
(फ)शेयर हस्तान्तरण सम्बन्धी व्यवस्था,
(ब)शेयर पूँजी थपघट गर्ने कुरा,
(भ)कम्पनीले आफ्नो शेयर आफैं खरिद गर्न सक्ने भए सो कुरा,
(म)कम्पनी सचिवको नियुक्ति,
(य)सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था,
(र)आफ्नो कारोबारमा छाप प्रयोग गर्ने भए कम्पनीको छापको प्रयोग,
(ल)कम्पनीको लेखा, हिसाब किताब तथा लेखापरीक्षण,
(व)ऋण वा डिबेञ्चर उठाउन सक्ने व्यवस्था,
(श)कुनै खास व्यवसाय गर्ने कम्पनीको नियमावलीमा खुलाउनु पर्ने भनी प्रचलित कानूनमा कुनै व्यवस्था गरिएको भए त्यस्तो कुरा,
(ष)अन्य आवश्यक कुरा कुनै भए सो क्रमशः खुलाउने ।
(३) उपदफा (२) मा लेखिएका कुराहरुकाअतिरिक्तआवश्यकता अनुसारदेहायका कुनै कुराहरु पनिनियमावलीमाउल्लेख गर्नु पर्नेछः–
(क)संस्थापक वा अन्य कुनै व्यक्तिले नगद बाहेक अरु कुनै किसिमबाट शेयर खरिद गर्ने वा शेयरमा हक पाउने भए सो कुरा,
(ख)कम्पनीले कारोबार शुरु गर्दाको बखत संस्थापक वा अन्य कुनै व्यक्तिबाट कुनै किसिमसँग कुनै सम्पत्ति प्राप्त गर्ने वा गरेको भए सो कुरा,
(ग)कम्पनीको संस्थापना गर्दा लागेको खर्च कम्पनीले नै व्यहोर्नु पर्ने भए सो कुरा,
(घ)संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने भए सो कुरा।
(४) उपदफा (३) को खण्ड (क) मा उल्लेख भए बमोजिम संस्थापक वा अन्य कुनै व्यक्तिले नगद बाहेक अरु कुनै किसिमबाट शेयर खरिद गर्दा वा शेयरमा हक प्राप्त गर्दा नगद बाहेक अन्य कुराको र खण्ड (ख) मा उल्लेख भए अनुसार कम्पनीको काम शुरु गर्दाको अवस्थामा संस्थापक वा अन्य कुनै व्यक्तिबाट कम्पनीले कुनै सम्पत्ति प्राप्त गर्दा पब्लिक कम्पनीको हकमा प्रचलित कानून बमोजिम मूल्याङ्कन गर्न प्रमाणपत्रप्राप्त इन्जिनियर वा लेखा व्यवसायीबाट त्यस्तो सम्पत्तिको मूल्याङ्कन गराउनु पर्नेछ।
(५) उपदफा (४) बमोजिम कुनै सम्पत्तिको मूल्याङ्कन गर्ने आधार तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएकोमा त्यस्तो सम्पत्ति मूल्याङ्कन गर्ने व्यक्तिले सम्पत्तिको विवरण मूल्याङ्कन गर्दाको आधार उल्लेख गर्नु पर्नेछ।
(६) नियमावलीको कुनै व्यवस्था यो ऐनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः बदर हुनेछ ।
(७) नियमावलीको ढाँचा तोकिए बमोजिम हुनेछ ।